फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ जनाको मृत्यु

काठमाडाैँ । हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको छ ।

अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन् । खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन् । प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो ।

जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए । मृत्यु हुनेमध्ये दुई जना प्रहरी अधिकारी रहेको उनकाे भनाइ छ ।

अवस्था के छ ?
मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो भने बाँकीको अस्पतालमा निधन भएको थियो । ‘उनीहरू एउटै बाहिरिने विन्दुमा गए । त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आयो अफिन्टाले बताए । सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ ।

इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन् ।कारहरूमाथि आगो लगाइएको थियो । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *