यान्छीको कार्यकाल सकियो

काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफ्नो चार बर्से कार्यकाल पूरा गरी उनी अर्को महिना चीन फर्किन लागेकी हुन् ।

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रूपमा पठाउने तयारी गरेको छ ।

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने भन्नेबारेमा चीन सरकारले निर्णय गरिसकेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् । उनले यही महिना राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गर्दैछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *