चेल्सीको पुनरागमन जित, रोकियो लिभरपुल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको सातौं मिनेटमा ओड्सोने एडोवार्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

रोकियो लिभरपुल
अर्काे खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेलेको छ । लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ब्राइटनका लिन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *