झण्डा पार्कमा चंगा चैट (तस्बिरहरु)

काठमाडौँ । बुढानिलकण्ठ ११ अवस्थित झण्डा पार्कमा “दसैँ चंगा चैट” कार्यक्रम आयोजना गरिएको छ ।

बडा दसैंलाई लक्षितगरी आयोजना गरिएको उक्त कार्यक्रममा कुल ४५ खेलाडीले चंगा उडाएका थिए ।

तीन समुहमा बिभाजन गरि सुरुवाती चरण खेलाइएको चंगा चेट प्रतियोगितामा प्रत्येक समूह बाट २ जनालाई फाइनल राउण्डमा लगिएको थियो ।

छ जना बिच भएको फाइनल प्रतियोगितामा प्रथम हुनेलाइ खसी, द्वितीय हुनेलाइ बोका, तृतीय हुनेलाइ कुखुरा र चौथो हुनेलाइ सान्त्वना स्वरुप बुद्वको मुर्ती उपहार स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रममा नवराज घोरासैनी लगायतका कलाकारहरुको दोहोरी गितका साथै खानाका स्टलहरु समेत राखिएको छ ।
तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *