रेनु दाहालले किन भनिन्- ‘चितवनवासी जनसमुदायहरू होसियार !’
२०७९ असोज १५ गते

काठमाडाैँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवनको विकासबाट अत्तालिएकाहरु अनेकन षडयन्त्र गर्न खोजेको आरोप लगाएकी छिन् ।
परिवर्तन विरोधीहरुले षडयन्त्र गर्न खोजेको भन्दै उनले चितवनवासी जनमुदायलाई होसियार हुन समेत आग्रह गरेकी छिन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी मेयर दाहालले भनेकी छिन्, ‘चितवनको बिकास बाट अत्तालिएकाहरू, परिबर्तनका बिरोधीहरू आज अनेक षड्यन्त्र गर्न खोज्दैछन! चितवनबासी जनसमुदायहरू होसीयार !’
चितवन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनाव क्षेत्रसमेत हो । प्रचण्डले यसअघि दुईपटक सार्वजनिक रुपमा आफ्नो निर्वाचन क्षेत्र चितवन नै हुने बताएका छन् ।
२०७९ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








