एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा स्टाेरहरूमा छुट र २० प्रतिशतसम्म क्यास ब्याक

काठमाडौँ । कोटेश्वरको भाट–भटेनीमा पछिल्लो दुई तीनदेखि किनमेल गर्ने ग्राहकहरूको भिडभाड निकै बढेको छ । दैनिक उपभोग्य वस्तुका साथै इलेकट्रोनिक सामान किन्ने शाखामा भिडभाड देखिन्छ ।
यस्तो भिडभाड भाट–भटेनीमा मात्र होइन नेपालीहरूको महान चाड दसैंतिहार तथा छड पर्व नजिकिँदै गर्दा सेल्सबेरी, बिगमार्ट, साथीमार्टका सयौँ शाखाहरूमा ग्राहकका चाप बढेको छ । ग्राहकहरू दसैँ, तिहार तथा छडलाई चाहिने लत्ताकपडा, उपहार, घरायसी सामग्री छानिछानी किनिरहेका छन् ।
केही वर्षदेखि मुलुकभर सञ्चालनमा आएका यस्ता डिपार्टमेन्ट स्टोर तथा मार्टहरूमा किनमेल गर्ने संस्कार वृद्धि भइरहेको छ । ग्राहकको आकर्षण बढ्न थालेपछि यी डिपार्टमेन्ट स्टोर तथा मार्टहरूले पनि भुक्तानी तथा अन्य सुविधाहरू सहज बनाउँदै लगेका छन् ।
यस्ता ठुलो डिपार्टमेन्ट स्टोरहरूमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुकको अग्रणी बैंक एनआईसी एशिया बैंकले पनि नयाँ अफर र छुट ल्याएको छ ।
बैंकले दसैँ, तिहार, छठलगायतका पर्वको विशेष अवसरमा विभिन्न डिपार्टमेन्ट स्टोर तथा मार्टहरूमा डिजिटल भुक्तानी प्रवर्द्धित तथा सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दसैँ–तिहार महोत्सव’ योजना ल्याएको छ । यो एक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने योजना हो । जसले डिजिटल भुक्तानी विस्तार गर्न सहयोग गर्ने छ ।
‘आम ग्राहक बर्गलाई भुक्तानीमा सहज होस् भनेर हामीले विभिन्न योजनाहरू ल्याइरहेका छौँ,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने भने, ‘मुलुकभर डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न महान चाडपर्वको अवसरमा हामीले विभिन्न स्टोरहरूमा छुट तथा क्यासब्याकको अफर ल्याएका छौँ ।’
यी शाखाहरूबाट कारोबार गरेर धेरैभन्दा धेरै फाइदा उठान सकिने बैंकले जनाएको छ । बैंकले ल्याएको यस योजनाअनुसार भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट ९५ वटा शाखा०लगायत दर्जनौँ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक तथा छुट उपलब्ध छ ।
बैंकले यो योजना २०७९ आश्विन १ देखि २०७९ कात्तिक १५ सम्म लागू हुने जनाएको छ । मुलुकभर फैलिएको मुलुकको सबैभन्दा पुरानो भाट–भटेनी सुपरमार्केटमा आउने लाखौँ ग्राहकलाई ध्यानमा राखेर यस सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ता चप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट काठमाडौँलगायतका मुख्य सहरमा चलेको सुपरमार्केट हो ।
मुलुकमा सञ्चालनमा रहेको यी मुख्य सुपरमार्केट तथा स्टोरमा विभिन्न सामग्रीहरू खरिद गरी एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओ तथा मोबाइल बैंकिङ्ग एनआईसी एसिया बैकमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यास ब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।
यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाट–भटेनी सुपर मार्केटहरू, सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने सो बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यास ब्याकको फाइदा उठाउन सक्नेछन् ।
आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका सो बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ एवं एपबाट सोझै सहज रूपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।
बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट तथा साथी मार्टमा आफ्नो स्टल पनि राखेको छ । उक्त स्टलबाट ग्राहकले नयाँ खाता खोल्न तथा डिजिटल भुक्तानी सम्बन्धी विषयमा थप जानकारी पनि लिन सक्नेछन् ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंक हो । २५ वर्षदेखि सञ्चालनमा रहेको यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू सञ्चालन गरिरहेको छ । साथै, ग्राहकको सुविधाको लागि भनेर ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सञ्चालन गरिरहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =