एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

बैंकका अनुसार मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाइल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन् ।

साथै बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ बैंकको एप डाउनलोड गरी लाइट (वालेट) अकाउन्ट रजिस्टर्ड गरेर सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुबिधा सुरु भएसँगै बैंकको मोबाइल बैंकिङ्ग सेवामा नयाँ आयाम थपिएको बैंकले जनाएकाे छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =