एमाले नेताको मानसिक तनावकै कारण पार्टी छाड्न बाध्य भएँ : पूर्व उपमेयर यमुना विष्ट

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर तथा एमाले नेतृ यमुना विष्ट बाँस्तोलाले एमाले पार्टी परित्यागको घोषणा गरेकी छिन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीबाट अलग भएको बताएकी हुन । पार्टीका नेताहरुले झुटा आरोप लगाएर पार्टीमा बस्न नसक्ने अवस्थामा पु¥याएको उनले बताईन । केन्द्रीय सदस्य युवराज बाँस्कोटाले आफ्ना विरुद्ध गलत प्रचार गर्दै हिँडेको उनले आरोप छ ।

‘एमाले नेताहरु निर्वाचन पराजित हुनुमा पनि मेरो दोष भन्दै हिडेर मेरो बेईज्जत हुने गरि भुगोलमा प्रचार गर्ने काम गरे, विष्टले भनिन्,‘ राष्ट्रिय सभाको निर्वाचनमा एमाले उम्मेदवार गुरु बराल पराजित हुनुमा बाँस्कोटाले मेरो नाम लिदै हिडेँको सुनेँ ।’ उनले आफ्नो विरुद्ध अनेक आरोप लगाउँदै हिँड्ने र पार्टीको माथिल्लो कमिटीमा गलत रिपोर्टिङ गर्ने गर्ने काम युवराज बाँस्कोटाले गरेको विष्टले बताईन ।

केन्द्रीय सदस्य बाँस्कोटाले आफुलाई मानसिक तनाव दिएकोबारे पार्टीमा सुनाउन खोज्दा पनि नेताहरुले फोन नउठाएको उनले बताईन । ‘तनाव सहन नसकेपछि पार्टीबाट अलग हुने निर्णय लिएकी हुँ, उनले भनिन्, मैले मेरा समस्या पार्टीका नेताहरुलाई सुनाउन खोज्दा नेताहरुले फोन नउठाएपछि पार्टी छाड्ने निर्णयमा पुगेँ ।’ विद्यालय तहबाट अनेरास्ववियु हुँदै एमालेमा संगठित भएर आएको उनले बताईन । ‘मेरो भूगोलमा राम्रो भएको नेताहरुलाई पचेको छैन, उनले भनिन्, नेताहरुलाई म चाहिँदैन जस्तो गरेपछि मैले पार्टीमा बसीरहनु पर्ने ठानिँन ।’

मोरङबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने मध्येका बास्कोटा कनिष्ट केन्द्रीय सदस्य हुन । मोरङको पथरीशनिश्चरे घर भएका उनी अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्वन्धका कारण सिधै केन्द्रीय सदस्य बनेका हुन् । पार्टीको महाधिवेशनमा भुगोलबाट प्रतिनिधि चयन हुन नसकेका उनी मनोनित प्रतिनिधि हुँदै केन्द्रीय सदस्य र मोरङ सहइन्चार्जको जिम्मेवारीमा पुगेका छन् । पार्टी केन्द्रीय सदस्य भएपछि उनले पथरीशनिश्चरेका एमालेका पुराना नेताहरुलाई होच्याउने, तर्साउने र डर देखाउने गरेको स्थानीय नेताहरुले बताउने गरेका छन् ।

बाँस्कोटाकै कारण पथरीमा एमालेमा नेता कार्यकर्ताका बिच फाटो बढ्दै गएको छ। बाँस्कोटाले मिलाउने भन्दा पनि पार्टीमा विगार्ने काम बढी गरेको कार्यकर्ताको आरोप छ । केन्द्रीय सदस्य बाँस्कोटाले आफुलाई लगाईएको आरोपबारे थाहा नभएको बताए । उनले भने,‘यसबारे मलाई थाहा भएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *