यी ३ विषयबारे जरुर अध्ययन गर्न कार्यकर्तालाई झलनाथकाे निर्देशन !

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेता/कार्यकर्ताहरूलाई अध्ययन गर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित पुस्तक सार्वजनिक एवम् शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै नेता खनालले नेता/कार्यकर्ताहरूलाई मुख्यगरी ३ विषयबारे गहन अध्ययन गर्न निर्देशन दिएका हुन् ।

वामपन्थीहरू अध्ययनबिना साँचाे वामपन्थी बन्न नसक्ने उल्लेख गर्दै उनले नेता/कार्यकर्ताहरूलाई अध्ययन गर्न निर्देशन दिएका हुन् । उनले यी ३ विषयबारे जरुर अध्ययन गर्न भनेका छन् ।

१, सैद्धान्तिक विषयकाे अध्ययन

नेता खनाल नेता/कार्यकर्ताले मूलत: सैद्धान्तिक विषयकाे अध्ययन गर्नुपर्ने बताउँछन् । ‘हामी वामपन्थीहरूले अध्ययन गर्नैपर्छ,’ उनले भनेका छन्, ‘त्यसमा पनि हामी वैज्ञानिक समाजवादका पक्षधरहरूले त अध्ययन नगरीकन सुखै छैन । हामी सैद्धान्तिकरूपमा पहिले प्रष्ट हुनुपर्छ अनिमात्रै अरु कुराहरू आउँछन् ।’

नेतामा सैद्धान्तिक अध्ययन नभए उसले अगाडि बढ्न सहजरूपमा नसक्ने तर्क गर्दै उनले थपे, ‘सैद्धान्तिक अध्ययन हुनुपर्छ र त्यसबाट विचलन हुनु हुँदैन ।’ नेतामा सैद्धान्तिक अध्ययनबिना परिवर्तन सम्भव नहुने उनले बताएका छन् । ‘परिवर्तन पनि अध्ययनकै आधारमा गर्ने हाे, हुने हाे । त्यसैले याे निकै जरुर हाे ।’

२, इतिहास/विगतकाे अध्ययन

सैद्धान्तिक अध्ययनपछि इतिहास र विगतकाे अध्ययन जरुरी हुने भनाइ नेता खनालकाे छ, भन्छन्— ‘हामीलाई इतिहास थाहा छैन भने हामी बाटाे बिराउँछाैँ । त्यसैले हामीले इतिहासकाे अध्ययन गर्नू जरुरी छ । इतिहास भनेकाे धरातल हाे, धरातल भुलेकाे नेता/व्यक्ति खासरूपमा आफ्नै लिकमा चल्न गाह्राे हुन्छ । यसपछि वामपन्थ र वामपन्थी दुवै बिग्रन्छन् ।’

उनले शाेभियत व्यवस्थादेखि नेपाली कम्युनिष्ट आन्दाेलनबारे अध्ययन गरे र ज्ञान राखेमात्रै अबकाे बाटाे सहजरूपमा हिँड्न सकिने जिकिर गरे ।

३, बदलिँदाे अवस्थाकाे अध्ययन

नेता खनाल नेता/कार्यकर्ताले बदलिँदाे अवस्थाकाे अध्ययन सबैभन्दा राम्राेसँग गर्नुपर्ने/गर्न सक्नुपर्ने बताउँछन् । ‘हामीले अहिले विद्राेह, पुन:गठन र वैज्ञानिक समाजवाद भन्छाैँ नि ! याे भनेकाेचाहिँ बुझेरै भनेका हाैँ, यसरी बदलिँदाे अवस्थाहरूकाे अध्ययन गर्न सक्नुपर्छ,’ उनले भनेका छन् ।

बदलिएका अवस्थाहरूबारे अध्ययन गर्न चुकेकाे अवस्थामा वामपन्थी नेता पतनतिर जाने भनाइ नेता खनालकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *