माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

काठमाडौँ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका–३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले १४ शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।

उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोलाप्रसाद पोखरेल एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टरसगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधा प्रदान गर्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *