तोलामा २ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ ।

यसअघि बिहीबार छावावाल सुन ९२ हजार ८ सय रुपैयाँ प्रतितोला र तेजाबी सुन ९२ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेको छ । यस दिन चाँदी १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *