प्रमुख प्रशासकीय अधिकृत पाैडेललाई एमाले नेता राईकाे ‘ज्यान लिने’ धम्की

काठमाडाैँ । नेकपा (एमाले) का नेता एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई झुन्ड्याउने धम्की दिएका छन् । बिहीबार टेलिफाेन गरेर अधिकृत पाैडेललाई धम्क्याएका हुन् । ‘मलाई उहाँले झुन्ड्याउने, सहअस्तित्व समाप्त पार्ने धम्की दिनुभयाे,’ अधिकृत पाैडेलले मकालुखबरसँग भने, ‘मलाई बाेल्नै दिनुभएन । उहाँले छाेडेर गइहाल्नु भनेर भन्नुभयाे ।’

अधिकृत पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । उनले भने, ‘मैले कानूनी कदम नै चाल्नुपर्नेजस्ताे देखियाे र मैले कानूनी प्रक्रियामा समेत गइसकेँ । मैले सुरक्षा चाहियाे भनेर सम्बन्धित निकायहरूलाई पत्र पठाइसकेकाे छु ।’

अहिले नेता राई र अधिकृत पाैडेलबिचकाे कुराकानीकाे ‘अडिओ क्लिप’ सामाजिक सञ्जालमा भाइरल भएकाे छ । क्लिपमा सुनिएअनुसार नेता राईले भनेका छन्, ‘मेराे ठाउँमा आएर दादागिरी गर्ने,  ठूला कुरा नगरीकन खुरुक्क जाने, कम्ती अत्याचार गर्नुभएकाे यहाँ । मैले भन्दिएकाे छु, खुरुक्क जाने, फेरि तपाईंका छाेराछाेरी रुलान् । तपाईं तुरुन्त जानूस् सरुवा भएर, त्याे राम्राे हुन्छ । पछि कुनै घटना घटे मलाई केही नभन्नू । तपाईंजस्ताे धेरैलाई झुन्ड्याएर हानेकाे छु । फेरि तपाईंकाे अस्तित्व समाप्त पार्न नपरेास् ।’

त्यसबिचमा अधिकृत पाैडेलले मैले के गरेँ माननीयज्यू ? भनेर प्रश्न गरिरहेका छन्, तर नेता राईले कुरा नसुनीकन खुरुक्क सरुवा भएर जाने भनेर निर्देशकीय लयमा भनेका छन् । अधिकृत पाैडेलले नेता राईले आफूलाई धम्क्याएकाे पहिलाेपटक नभएकाे बताए । ‘पहिले पनि सामान्यरूपमा धम्क्याइरहनुभएकाे थियाे, अहिलेचाहिँ सीमै नाघेर धम्क्याउनुभयाे,’ उनले भनेका छन् ।

अधिकृत राईले विज्ञप्ति सार्वजनिक गरेका छन् । उनले आफूलाई सुरक्षाकाे अनुभूति हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । 

यसैबिच पाख्रीबास नगरपालिकाका  कर्मचारीले बिरोध स्वरुप पेन डाउन गरेका छन् ।

यस्ताे छ पेनडाउनसम्बन्धी सूचना 


 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *