म आत्मालोचना गर्दिनँ : डा भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले आत्मालोचना नगर्ने अडान लिएका छन् । विगतमा पार्टी अध्यक्षको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भन्ने समाचार आएपछि नेता रावलले यस्तो बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्टघन गरेको संसद् पुनःस्थापनाका लागि आफूहरुले गरेका क्रियाकलापमा कुनै पनि खालको आत्मालोचना नगर्ने उनको अडान छ । ‘उहाँले अहिले चुनावका बेला त्यति बेलाका सबै कुरामा समीक्षा गर्ने समय छैन भन्नुभयो,’ उनले भने, ‘मैले धेरै टेलिभिजनसँगको अन्तर्वार्तामा पनि आत्मालोचना गर्ने कुरै छैन भनेको छु उहाँले दोहोर्याउँदै भन्नुभयो अहिले पनि म त्यही कुरामा अडिग छु ।’

अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल नाम सिफारिस भएका डा. रावलले पार्टीले उम्मेदवार बनाए उम्मेदवार हुने बताए । ‘म चुनाव लड्न तयार छु यो कुरा धेरै ठाउँमा भनिसकेको छु तर हाम्रा नेताहरुका कुरा सुन्नु भएकै छ, हेर्दै जाउँ के गर्नुहुन्छ,’ उनले भने ।

नेता रावल गत निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । रावल एकल नाम सिफारिस भएपछि अछाम पुगेर एक साता लामो बसाइपछि आज काठमाडौम् फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =