कर्णालीमा फ्लोर क्रस गरेका नन्दसिंह बुढा एमाले फर्किए

कर्णाली । फ्लोरक्रस गरेका कर्णाली प्रदेशका सांसद नन्दसिंह बुढा पुनस् आफ्नो पुरानै पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्। तत्कालीन अवस्थामा नेकपा एमालेमा देखिएको विवादका क्रममा कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका उनलले एकीकृत समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेका हुन।

उनी एमालेबाट फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए। फ्लोर क्रस गरेर मन्त्रीबनेका नेकपा ९एकीकृत समाजवादी० का नेता नन्दसिंह बुढालाई बिहीबार एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे।

तत्कालीन अवस्थमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूले कर्णालीमा‘फ्लोर क्रस’ गरेका थिए।

त्यसबेला सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप तोडेर मत माओवादीका मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए।

त्यसपछि एमालेले सचिवालयमा दर्ता गराएको दल त्यागसम्बन्धी सूचना सुनाउँदै सभामुख शाहीले चार सांसदको पद रिक्त भएको घोषणा गरेका थिए।

त्यसबेला दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालीकोट ‘क’बाट कुर्मराज शाही, डोल्पा ‘क’बाट नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट प्रकाश ज्वाला पदमुक्त भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =