माधव भन्छन्- ‘अवसर नपाए अरु नै पार्टीमा हाम फाल्ने क्रम बढ्याे’

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अवसर पाएमात्रै पार्टीमा बस्ने संस्कार झाङ्गिएकाे बताएका छन् । बिहीबार काठमाडाैँमा अखिल महिला संघ समाजवादीले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘हाम्राे पार्टीमा पनि अवसर पाए मात्रै रहने नभए अरु नै पार्टीमा हाम फाल्ने क्रम बढ्याे, याे हुनु भनेकाे निकै दुखद् हाे,’ उनले भनेका छन् ।

उनले अरुजस्ताे हाेइन भनेर देखाउन नेताहरूलाई निर्देशनसमेत दिए । एकीकृत समाजावादी नेपाली कम्युनिष्ट आन्दाेलनकाे अग्रज पार्टी भएकाे दाबी गर्दै भनेका छन्, ‘अवसर पायाे भने मात्रै पार्टी जिन्दावाद भन्ने नभए नरहने क्रम बढाउने हाेइन, यसाे गर्नु हुँदैन । नेपाली कम्युनिष्ट आन्दाेलनमा पनि राेग छ । यही राेग हाम्राे पार्टीमा पनि रह्याे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *