संस्थापनइतर पक्षलाई ३० प्रतिशत दिन देउवा तयार !

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संस्थापनइतर पक्षलाई ३० प्रतिशत दिन तयार भएका छन् । देउवानिकट एक नेताले मकालुखबरसँग भने, ‘पार्टीभित्र विवाद चर्किँदै गयाे, त्यसमा सभापतिज्यूकाे गम्भीर ध्यानाकर्षण भएकाे छ र त्यसलाई मिलाएर अगाडि लाने उहाँले बताइरहनुभएकाे छ ।’

उसाे त कसरी मिलाउनुहुन्छ ? भन्ने जिज्ञासामा उनले भनेका छन्, ‘उहाँ (सभापति देउवा) ले संवाद गर्ने र मिलाउने भन्दै हुनुहुन्छ । याे विवादलाई मिलाउने नै हाे । उहाँ यसमा तयार हुनुहुन्छ । त्यसका लागि संवाद गर्नेछाैँ र विवाद मिलाउनेछाैँ ।’ ती नेताले ३० प्रतिशतसम्म भाग दिन तयार रहेकाे बताए । ‘उहाँ ३० प्रतिशत दिन तयार हुनुभएकाे छ ।’

डा. शेखर काेइरालाले नेतृत्व गरेकाे संस्थापनइतर पक्षले कम्तीमा ४० प्रतिशत भाग मागेकाे छ । तर, त्याे दिनेमा भने सभापति देउवा तयार छैनन् । ‘उहाँहरूले ४० प्रतिशत माग्नुभयाे । अब यसमा यत्ति प्रतिशत र उत्ति प्रतिशत भन्दापनि पार्टीलाई मिलाएर जिताउने भन्ने हाे हाम्राे । त्यसमा हामी संवादमार्फत समस्या सुल्झाउँछाैँ,’ ती नेताले भनेका छन् ।

यता संस्थापनइतर पक्षले भने आफ्नाे अडान नछाड्ने बताएकाे छ । नेता भूपेन्द्रजंग शाही भन्छन्, ‘हाम्राे माग सम्बाेधन नभइकन हामी पछाडि हट्दैनाैँ ।’ त्यसअघि उनले भनेका छन्, ‘पार्टीमा समान अवसर हुनुपर्छ सबैलाई । समानुपातिक हाेस् वा प्रत्यक्ष; यसमा काेही-कसैलाई लाखापाखा गर्नु हुँदैन । मेराे र अर्काकाे मान्छे नभनीकन पार्टीकाे महाधिवेशनमा काेचाहिँ कनु समूहमा लागेकाे थियाे भन्ने कुराकाे आधामार नभइकन पार्टी सबैकाे साझा पार्टी हाे भनेर साेच्नुपर्‍याे । धेरै युवाहरूले जिन्दगी अर्पण गर्नुभएकाे छ । सयाैँ नेता/कार्यकर्ताहरूकाे आशाकाे केन्द्र हाे नेपाली कांग्रेस पार्टी । सक्षम मान्छेलाई चाहिँ पार्टीले टिकट दिनुपर्‍याे । याे गुट, त्याे गुट वा याेचाहिँ मेराे मान्छे र अरुकाे मान्छे हाेइन भन्नेरूपमा लिनु हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *