कांग्रेसकाे संस्थापनइतरकाे चट्टानी अडान- विवाद नमिलेसम्म मान्दैनाैँ (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसकाे संस्ठापनइतर पक्षले आफ्नाे अडान नछाेड्ने भएकाे छ । बुधबारदेखि नेताहरूले पार्टी कार्यालय, सानेपामा धर्ना नै कार्यक्रम नै शुरू गरेका छन् । बिहीबार मात्रै काठमाडाैँमा आयाेजित चियापान कार्यक्रममा पनि नेताहरूले यही दाेहाेर्‍याएका छन् ।

संस्थापनइतर पक्षले निर्वाचन आयाेगमा रहेकाे कांग्रेसकाे समानुपातिक सूची सच्चिनुपर्ने माग गरेका छन् । नेता भूपेन्द्रजंग शाही भन्छन्, ‘पार्टीमा समान अवसर हुनुपर्छ सबैलाई । समानुपातिक हाेस् वा प्रत्यक्ष; यसमा काेही-कसैलाई लाखापाखा गर्नु हुँदैन । मेराे र अर्काकाे मान्छे नभनीकन पार्टीकाे महाधिवेशनमा काेचाहिँ कनु समूहमा लागेकाे थियाे भन्ने कुराकाे आधामार नभइकन पार्टी सबैकाे साझा पार्टी हाे भनेर साेच्नुपर्‍याे । धेरै युवाहरूले जिन्दगी अर्पण गर्नुभएकाे छ । सयाैँ नेता/कार्यकर्ताहरूकाे आशाकाे केन्द्र हाे नेपाली कांग्रेस पार्टी । सक्षम मान्छेलाई चाहिँ पार्टीले टिकट दिनुपर्‍याे । याे गुट, त्याे गुट वा याेचाहिँ मेराे मान्छे र अरुकाे मान्छे हाेइन भन्नेरूपमा लिनु हुँदैन ।’

कांग्रेसकाे बहुमतकाे सरकार बन्नका लागि कांग्रेसभित्रकाे एकता चाहिने बताउँदै उनले भनेका छन्, ‘सबैलाई एकजुट बनाएर लानुपर्छ भन्ने छ । पार्टीभित्र विवाद गरेर बस्ने हाम्राे चाहना हाेइन, याे हाम्राे रहर पनि हाेइन । हाम्राे चाहना भनेकाे कांग्रेसकाे नारा लिएर चुनावी अभियानमा जान मन छ । तर अगाडि विवाद मिल्नुपर्छ भन्ने हाे । हाम्राे माग सम्बाेधन भइन्जेलसम्म हामी मान्दैनाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *