धनुषा २ : सत्ता गठबन्धनकै उम्मेदवार आपसमा भिड्दै

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनबाट टिकट पाउन मारामार भइरहेको छ । यो क्षेत्रमा नेकपा एकिकृत समाजवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको दावी छ ।

जसपाले नेता गंगाराम यादवलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनाउने आश्वासन दिएको छ । टिकटकै आश्वासन दिएर उनलाई जसपा अध्यक्ष उपेन्द्र यादव पार्टीमा आजै भित्र्याउदैछन् ।

जसपा प्रवेश गर्न लागेका नेता यादवमाथि भने नेकपा एकिकृत समाजवादीका उम्मेदवार आकांक्षी रामचन्द्र झा आक्रोश पोखेका हुन् । ०७४ मा एमालेसंग गठबन्धन गरेका माओवादीबाट झा चुनाव लडेका थिए । त्यतिबेला नेता यादवले अन्तर्घात गरेको भन्दै झाले उनलाई समर्थन माग्ने नैतिक आधार नरहेको भनेका छन् ।

विगतमा उमाशंकर अरगरियालाई सहयोग गरेको र आफुसंग अन्तर्घात गरेको भन्दै झाले उनलाई आरगरियाबाट सहयोग माग्न सुझाएका छन् । ०७४ मा यस क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरमबाट लडेका अरगरियाले १४ हजार बढी मतान्तरले झालाई पराजित गरेका थिए ।

केही दिन अगाडी मात्र अरगरिया लोसपा परित्याग गरी एमालेमा प्रवेश गरे । अध्यक्ष केपी ओली अरगरियालाई प्रवेश गराएर चुनावी मैदानमा उतार्ने तयारी गरेका छन् । अरगरियालाई टिकट कन्भर्म गरेपछि नेता गंगाराम यादव एमाले परित्याग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *