एमालेको सचिवालय बैठक बस्दै, चुनावको तयारीबारे छलफल हुने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे बालकोटमा बस्ने बैठकमा आउँदो चुनावको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार लगायतका विषयमा छलफल हुनेछ । बैठकमा गएको ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिनेबारे पनि छलफल हुनेछ ।

एमालेले दशैंको बिदा अघि नै सङ्घ र प्रदेशतर्फका उम्मेदवार टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ । आजको बैठकमा चुनावी घोषणा पत्रका विषयमा समेत छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने भएपछि एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =