सवारी चेकजाँचमा कडाई, एकैदिन ४३ बढी सवारी कार्वाहीमा

दैलेख । दैलेखमा चाडपर्व लक्षित अनुगमन र चेकजाँचलाई प्रहरीले कडाइ गरेको छ । चाडपर्वमा सवारी चालकले ओभरलोड गर्ने, यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भाडादर भन्दा वढी भाडा लिने गुनासा आउने भएकाले चेकजाँजमा कडाइ गरिएको हो ।

ट्राफिक नियम थाहा भएर पनि पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटनामा वृद्धि भएको भन्दै बुधबार दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहको अगुवाइमा दैलेखका बिभिन्न स्थानमा सवारी चेकजाँचमा कडाइ गरिएको हो ।

ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बुधबार ११० सवारी साधन जाँच गर्दा ४३ भन्दा बढी सवारी साधनलाई कारबाही गरिएको प्रहरी प्रमुख साहले जानकारी दिए । ‘उनले भने कर्णाली राजमार्ग र दैलेख सुर्खेत सडक खण्डको विभिन्न स्थानमा सवारी जाँच गर्दा करिब आधाजसो सवारी साधन नियम विपरीत भेटिएको प्रहरी प्रमुख साहले बताए ।’

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =