मन्दिर प्रवेश गरेको निहुँमा टेकेन्द्र सुनारमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

काठमाडौँ । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्ने बेला टेकेन्द्र सुनारमाथि कुटपिट भएको हो ।

पुर्ख्यौली घर बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर भई हाल कञ्चनपुर बस्दै आएका सुनारमाथि कुटपिट भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले जानकारी दिए । पीडित सुनारले प्रहरीमा आफू कुटिएको भन्दै निवेदनसमेत दिएका छन् । त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको समूहले आफूमाथि कुटपिट गरेको निवेदनमा उल्लेख छ ।

पूजा गरिरहेको स्थलमै आउन मिल्दैन भन्दै जातीय विभेद गरेको उनको भनाई छ । सुनारको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । कुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरूको खोजी भइरहेको डीएसपी थापाले जानकारी दिए ।

डीएसपी थापाकाअनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *