बत्तिसपुतलीमा शेखर समूहको चियापान
२०७९ असोज १३ गते

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज बिहान चियापन कार्य्रकम हुँदैछ ।
चियानपान कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् । चियापान कार्यक्रमको शीर्षक ‘दसैँ तिहारको शुभकामना आदानप्रदानसँगै पार्टीको आन्तरिक एकता, समान अवसर र एकताका लागि’ राखिएको छ ।
निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीप्रति शेखर समूहले असन्तुष्टि जनाउँदै आएको छ । शेखर समूहका नेताहरूले संस्थापन पक्षविरुद्ध विभिन्न गतिविधिसमेत गर्दै आएका छन् ।
बिहीबार उनीहरूले पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए । आफूहरूले सम्मानजक भाग नपाए गठबन्धनलाई नै हराउने उनीहरूको चेतावनी छ ।
२०७९ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








