ज्योति लाइफका सञ्चालक अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको अध्यक्ष निर्वाचित

काठमाडौँ । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका सञ्चालक जयन्तकुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउन्ड टेबल इन्टरनेशनल २०२२/२३ को अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । राउण्ड टेबल संसारको ६८ देशमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवालाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । ं

संस्था १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरूको संगठन हो । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो । यस संस्थाको अद्वितीय विशेषता भनेको सधैं जवान रहन्छ, किनभने टेबलरहरू ४५ वर्षको भएपछि युवालाई बाटो दिँदै सो दायित्वबाट बिश्राम लिने गर्दछन् ।

राउन्ड टेबलको धारणा ‘ADOPT, ADAPT, IMPROVE’ हो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *