फोनपेमार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तरगत फोनपेमार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिनेछ ।

यसका साथै आम मानिसलाई सपिङ्ग गर्न सहज होस् भन्ने उदेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई निःशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ । यो योजना कात्तीक १३ गतेसम्म सञ्चालन हुने छ ।

यसैगरी फोनपेले दशैँको अवसरमै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सक्नेछन् । यो योजना ग्राहकका लागि असोज १३ गतेसम्म लागु हुनेछ । यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् ।

मर्चेन्टको यो योजना कार्तिक १२ गते ४० दिनसम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुन ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ ।

यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाइल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *