काठमाडाैँ रानीवनस्थित फर्निचर उद्योगमा भएकाे आगलागी नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौँ ।काठमाडाैँकाे नागार्जुन नगरपालिका–१ रानीवनस्थित ‘एएलजी फर्निचर प्राली’ मा बुधबार दिउँसाे भएकाे भिषण आगलागी पूर्ण नियन्त्रणमा आएकाे छ । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका (जुद्द बारुण यन्त्र) को  २, नेपाली सेना र नेपाल प्रहरीको १-१ सहित ४ वटा दमकल र ३ वटा पानी ट्याङकर परिचालन गरिएको थियो । आगलागी नियन्त्रणमा लिन १५० प्रहरी, ३२ सेना र ४० जना सशस्त्र प्रहरी बलको  टोली घटनास्थलमा परिचालित भएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर कम्पनीको दराज, सोफालगायत अन्य तयारी फर्निचर गरी करिब  २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी आगलागीबाट सँगैको जितेन्द्र लामाको घरमा समेत करिब ५ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले बताएको छ ।आगलागी हुँदा ५ वटा एलपी ग्यास सिलिण्डरसमेत बिष्फोट भएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

तस्बिरहरू

तस्बिर स्राेत : नेपाल प्रहरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.