एभरेष्ट बैंकको बिर्तामोड शाखाको सेवा सुचारु

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड बिर्तामोड शाखाले स्थानान्तरित नयाँ कार्यालयबाट सेवा सुरु गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट करिब १ किलाेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट कारोबार सुचारु गरेको हो ।

कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धक जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहक रहेको बैंकले जनाएको छ ।

देशभर हाल बैंकका ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *