धर्नास्थलबाट शेखर समूहले भन्याे- हामीमाथि अन्याय हुन थाल्याे, प्रतिवाद गर्छाैँ (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसकाे संस्थापनइतर पक्षले आजदेखि पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम शुरू गरेकाे छ । पार्टीभित्र अन्यायपूर्ण व्यवहार गर्न थालिएपछि आफूहरू धर्ना दिन बाध्य भएकाे नेता जगदिश्वर नरसिंह केसी बताउँछन् । ‘अहिले जुन परिस्थित सिर्जना भयाे, त्यसले हामीलाई अन्याय भयाे,’ उनले भनेका छन् ।

४ मंसिरमा हुने आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बनाइएकाे समानुपातिक सूचीमा विमति जनाएकाे संस्थापनइतर समूहले भनेका छ, ‘हामी सशंकित छाैँ । नामहरू यसरी राखिएकाे छ कि पछि निर्वाचित नै हुँदैनन् । हामी माग याे हाे कि— १ संस्थापन पक्षकाे भयाे भने २ इतरकाे हुनुपर्‍याे, ३ उताकाे भए ४ हाम्राे हुनुपर्‍याे । याे हाम्राे माग हाे । याे पूरा नभए हामी अझै कडारूपमा प्रस्तुत हुन्छाैँ ।’

आफूहरूले पार्टीभित्र सबैलाई समान अवसरका लागि लडिरहेकाे बताउँदै नेता केसी थपे, ‘उताका नेताहरूले आफ्नाे मान्छेका लागि मात्रै सूची बनाएजस्ताे भएकाे छ । याे हामी मान्दैनाैँ ।’

संस्थापनइतर समूहले गठबन्धनबाट आफ्नाे भागमा परेकाे सिटमध्ये पनि ४० प्रतिशत आफूले पाउनुपर्ने बताउँदै आएकाे छ । संस्थापन पक्षले भन यसलाई खासरूपमा लिएकाे देखिएकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *