विवेकशील साझा पार्टी सानाे पीडाले छाडिनँ : रवीन्द्र मिश्र

काठमाडाैँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफूले ठूलाे पीडाका साथ पार्टी छाडेकाे बताएका छन् । बुधबार राप्रपा प्रवेश गर्दै मिश्रले भनेका छन्, ‘आफैँ संलग्न भएर जन्माएकाे पार्टी, आफैँले नेतृत्व गरेकाे पार्टी मैले छाडेँ । तर, सानाे पीडाले मैले छाडेकाे छैन । सानाे अप्ठ्याराेले छाडेकाे छैन ।’

उनले आफूसँग वैचारिक विमति राखेर विवेकशील साझामै रहेका नेताहरूलाई धन्यवादसमेत दिए । ‘मैले आफैँले बनाएकाे पार्टी चलाउँछाैँ भनेर त्यहाँ रहनुभएका साथीहरूलाई म साँच्चै नै धन्यवाद दिन्छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *