राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भयाे पार्टी एकता !

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकता भएकाे छ । बुधबार काठमाडाैँको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा लिङ्देन-मिश्रबीच पार्टी एकता भएकाे हाे ।

लिङ्देन-मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषणअनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।

त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *