कांग्रेस पार्टी कार्यालयमा संस्थापनइतर पक्षकाे धर्ना शुरू

काठमाडौँ । नेपाली कांग्रेसकाे डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिन शुरू गरेकाे छ । संस्थापन पक्षले आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एकपक्षीय रूपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित संस्थापनइतर पक्षले बुधबारबाट केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन शुरू गरेकाे हाे ।

कोइराला समूहले टिकट वितरण न्यायोचित हुनुपर्ने माग राखेको छ । समानुपातिक बन्दसूची सार्वजनिक भएपछि यो  समूहले आन्दोलित छ । कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिएको हाे । कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरू समेटिएपछि इतर पक्ष आन्दोलित भएकाे हाे ।

धर्नामा कोइराला समूहका दोस्रो तहका नेताहरु सहभागी छन् । धर्नामा संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसीसमेत सहभागी छन् । इतर समूहका नेताहरुको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरुकम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरूको अडान छ ।

इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ । त्यही क्रममा इतर समूह सानेपा पुगेर धर्नामा बसेको हो । यही सोमबार बसेको शेखर कोइराला नेतृत्वको समूहको बैठकले बुधबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *