दशैंमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने
मकालु खबर
२०७९ असोज १२ गते
काठमाडौँ । सर्वोच्च अदालत बडा दशैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।
दशैं पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।
मकालु खबर
२०७९ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित