सुनको मूल्य बढ्यो, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको भाउ ९० हजार ९ सय रुपैयाँ रहेको थियो ।

बुधबार चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर बुधबार चाँदी तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *