ब्राजिलको सानदार जित

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले ट्युनिसियामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ब्राजिलले ट्युनिसियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरेका थिए भने रिचार्लिसन, नेइमार र पेड्रोले एक एक गोल गरे । ट्युनिसियाका लागि मोन्टासार ताल्बीले एक गोल फर्काएका थिए ।

यस खेलमा खेलको ४२औँ मिनेटमा डिलान ब्रोनले रातो कार्ड पाएपछि ट्युनिसिया १० खेलाडीमा सिमित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *