चाडबाडमा सहज यात्राका लागि बिहीबारबाट देशभर ‘रुट परमिट’ खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले दशैँ तिहारका लागि बिहीबारदेखि लागु हुने गरी देशभर सवारीसाधनलाई रुटपमिट खुला गर्ने भएको छ ।

दशैँ तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई सवारी साधन पाउन सहज होस् भनेर देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरिने भएको विभागले जनाएको छ ।

बाटोको चौडाई तथा प्रकृतिका आधारमा निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने विभागले जनाएको छ ।

चाडपर्व लक्षित काठमाडौँ तथा सहरी क्षेत्रबाट वर्षेनि लाखौँ मानिस बाहिरिने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यो वर्ष १८ देखि २० लाख हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *