आफ्नाे अन्तिम इच्छा ‘चक्रसंवर पाैबा’बारे अस्पतालकाे बेडबाटै बाेले शताब्दी पुरुष (भिडिओसहित)

काठमाडाैँ । शताब्दी पुरुष सत्यमाेहन जाेशी अहिले ललितपुरकाे किष्ट अस्पतालमा उपचाररत छन् । केही दिनअगाडि डेङ्गु पुष्टि भएका उनलाई विभिन्न नेताहरूले भेटिरहेका छन् । उनलाई आजै मात्रै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटे । यसअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले पनि भेटेका थिए ।

जाेशी नेता सिंहसँग मज्जैले गफिए । ‘मेराे उपचार पनि राम्रै भइरहेकाे छ,’ उनले नेता सिंहसँगकाे कुराकानीका क्रममा भने, ‘याे मेराे उमेरकाे कारणले पनि हाेला, अब धेरै वर्ष पनि पुगेँ ।’

त्यसक्रममा जाेशीले आफ्नाे अन्तिम इच्छाबारे पनि बाेले । जाेशीकाे अन्तिम इच्छा हाे चक्रसंवर पाैबा चित्र । यसबारे १५ साउन २०७९ मा मकालुखबरमा ‘शताब्दी पुरुषकाे अन्तिम ‘इच्छा’ !‘ शीर्षकमा एउटा कथा छापिएकाे थियाे । उनले त्यत्तिबेला भनेका थिए— ‘याे मेरो इच्छासँगै एउटा महत्त्वको विषय पनि हाे । अब मलाई केही गर्छु भन्ने लागेको छैन । यो सम्पन्न भएपछि मलाई आनन्दको महसुस हुनेछ । मैले देशका लागि दिनुपर्ने यही एउटा थियाे, दिँदैछु ।’

यसबारे उनले आज पनि बाेले । जाेशीलाई उद्धृत गर्दै नेता सिंहले भने, ‘चक्रसंवर पाैबा बनेपछि त्याे हेरेर आफू रमाउने भन्ने उहाँकाे अन्तिम इच्छा रहेछ । त्याे मैले बुझेँ ।’

उनले चक्रसंवर पाैबा बनाइरहेका पनि छन् । चक्रसंवर पाटन बखुमबहालस्थित आफ्नो घरमा निर्माण गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *