समानुपातिक उम्मेदवारको सूचीमा पक्षपात भएको छैन : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इतर पक्षले आरोप लगाएजस्तो समानुपातिक उम्मेदवारको सूचीमा पक्षपात नगरेको बताएका छन्।

मंगलबार पत्रकार सम्मेलन गरी उनले समानुपातिक सूची तयार पार्दा छलफल भएन भन्ने कुरामा पनि सत्यता नरहेको दाब गरे।

उनले भने, ‘त्रुटि भएका छन्। तर पक्ष विपक्षमा गरिएको हैन। प्राविधिक कुरा हो। गठबन्धनका कारण कतिपय नेता समेट्नु पर्नेछ। यो सबैलाई थाहा छ’ उनले थपे, ‘निर्णय केके न भयो भनेर केही साथीहरू प्रस्तुत भएको उपयुक्त हैन। सबै साथीहरू दुविधामा नपर्नु होला। विरोधमा भएका नेताहरूलाई अनुरोध गर्दछु।’

डा. शेखर कोइराला पक्षधरले समानुपातिक उम्मेदवारको सूचीमा आफूहरुलाई पाखा लगाएको भन्दै असन्तुष्टि जनाइरहेका बेला कांग्रेस संस्थापन पक्षको यस्तो धारणा आएको हो।

उनले बन्दसूची तयार पार्दा छलफल भएन भन्ने कुरामा सत्यता नभएको दाबी पनि गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *