नारायणी नदीमा पौडी खेल्नेक्रममा एक किशोर बेपत्ता
२०७९ असोज ११ गते

चितवन । नारायणी नदीमा पौडी खेल्नेक्रममा एक किशोर बेपत्ता भएका छन् । भरतपुर–१ देवघाटस्थितमा रहेको नारायणी नदीमा धादिङ घर भई देवघाटमा डेरा गरी बस्ने पार्वती अधिकारीको छोरा वर्ष १६ को अभिषेक अधिकारी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज १२ः ३० बजेको समयमा साथीहरुसँग पौडी खेल्नेक्रममा अभिषेक अचानक बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
२०७९ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








