विराटनगरमा पर्यटन सुचना केन्द्र स्थापना

विराटनगर । विराटनगरमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको छ। पर्यटन दिवसको आवसर पारेर उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र संचालनमा ल्याईएको हो ।

विराटनगरमा मंगलवार एक कार्यक्रममा बिच उद्योेग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले सुचना केन्द्रको उद्घाटन गर्दै प्रदेशमा पर्यटनका हरेक गतिबिधि र तथ्यांकहरु प्रदेश सुचना केन्द्रमा हुने बताए ।

प्रदेश १ पर्यटनको प्रचुर संभावना बोकेर पनि ओझेलमा परेको बताएका उनले भारतको उत्तरप्रदेश, बंगाल, विहार लगायतका क्षेत्रबाट नेपालमा घुम्न आउने पर्यटकको तथ्यांक राख्ने प्रचार सामाग्री उपलब्ध गराउने तथा पर्यटकीय क्षेत्रको गन्तब्य सहितको नक्सा केन्द्रमा राख्ने उनले बताए ।

उनले पर्यटक लक्षित सुचना केन्द्रलाई प्रभावकारी बनाईने बताए । हवाईजहाजबाट तथा सडकमार्ग दुबै मार्गबाट आउने पर्यटकहरुको रेकर्ड सुचना केन्द्रमा हुनेगरि ब्यवस्था मिलाउनको लागि प्रदेश सरकार र पर्यटन बोर्डसँग समन्वय भईरहेको बताए । प्रदेश १ को पर्यटनको क्षेत्र भनेको धार्मिक क्षेत्र भएकोले धार्मिक पर्यटनलाई जोडेर जानुपर्ने उनले बताए । ‘भारतीय पर्यटकलाई नेपाल प्रवेश गरेपछि नफर्किँदासम्म स्टीकर लगाउनु पर्छ भनेर हामीले भनिरहेका छौँ, उनले भने, प्रदेशमा प्रभावकारी सुचना केन्द्र बनाउनको लागि प्रयास भईरहेको छ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योगी अभिनाश बोहराले पर्यटनलाई अघि बढाउँदा मात्र पनि प्रदेश १ ले धेरै फाईदा लिनसक्ने बताए । ‘हामीले ईमिग्रेशन ल्याउनु पर्छ भनेर पटक पटक भन्दैै आएका छौँ, उनले भने, प्रदेश १ को सम्पती भनेको सगरमाथा हो हामीले विराटनगरबाट ठुलो संख्यामा पर्यटक त्यहाँ पुर्याउन सक्छौँ ।’ उनले शिक्षा, स्वास्थ्य क्षेत्रसँग जोडेर पनि प्रदेश १ को विराटनगर पर्यटनको लागि हब भएको बताए । उनले प्रदेश १ को सुचना केन्द्र एकदमै महत्वपुर्ण भएको बताए ।

पर्यटन ब्यवसायी भविशकुमार श्रेष्ठले नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहकार्यमा सुचना केन्द्र संचालनमा ल्याईएको बताए । यो अभियानमा प्रदेश १ भित्र रहेका १६ वटा पर्यटनसँग सम्बन्धित संघ संस्थाको पनि समन्वय रहेको उनले जानकारी दिए ।

काँकडभिट्टा, पशुपतिनगरसँगै विराटनगरमा पर्यटकको तथ्यांक लिनको लागि सुचना डेस्क संचालनमा ल्याउने तयारी भएको श्रेष्ठले बताए । आज उद्घाटन भएको पर्यटन सुचना केन्द्र दुई महिना भित्र पुर्ण संचालनमा ल्याउने तयारी छ । सुचना केन्द्र संचालनका लागि प्रदेश सरकारसँग एकजना कर्मचारी ब्यवस्थापन गरिदिन माग गरिएको सोही अबसरमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =