कांग्रेस भन्छ- नागरिकता विधेयक निर्वाचनका बेला बहसकाे विषय बन्छ (भिडिओसहित)

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ४ मंसिरमा हुने प्रतिनिधि सभाले लाेकतन्त्रलाई थप संस्थागत गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय, सानेपामा आयाेजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । ‘घाेषणा पत्रमा लाेकतान्त्रिक विचार, मूल्य र मान्यतालाई संस्थागत गर्दै त्यसकाे जगमा सुशासन सुनिश्चित गर्ने र मृद्धिकाे पहुँचमा आमनागरिकहरूलाई पार्छाैँ,’ उनले भनेका छन्, ‘त्यसका प्रति हामी प्रतिबद्ध छाैँ । हामी समृद्धिकाे पहुँचबाहिर कसैलाई पनि राख्दैनाैँ । यसैगरी घाेषणापत्र तयार हुन्छ ।’

यस्तै उनले राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाे नागरिकता विधेयक निर्वाचनका बेला बहसकाे विषय बन्ने बताए । ‘नागरिकताकाे विषय नयाँ हाेइन, याे पुरानै हाे । याे ओलीजीकाे पालाेमा पनि अध्यादेशकाे रूपमा आएकै हाे । याे नयाँ हाेइन । दुई/दुईपटक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएकाे पुगेकाे विधेयक प्रमाणीकरण भएन, यसाे हुँदा यसले संविधानकाे ठाडाे उल्लंघन भएकाे हामीले महसुस गरेका छाैँ । याे विषय चुनावका बेला बहसकाे विषय बन्छ ।’

यसअघि बसेकाे सत्तारुढ गठबन्धनकाे बैठकले नागरिकता विधेयक निर्वाचनकाे एजेन्डा बनाउने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *