इंग्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी

काठमाडाैँ । इंग्ल्यान्ड र जर्मनीले युइएफए नेसन्स लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।  ६ गोलका थ्रिलमा इंग्ल्यान्ड र जर्मनीले ३–३ गोलको बरारी खेलेका हुन् ।

जर्मनीले दुई गोलको अग्रता लिएपनि इंग्ल्यान्डले उत्कृष्ट पूनरागमन गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो । वेम्वली स्टेडियममा सोमबार राति भएको खेलमा जर्मनीका लागि काई हाभर्टजले दुई तथा इल्केए गुन्डोगानले एक गोल गरे । इंग्ल्यान्डका लुका सा, मासन माउन्ट र ह्यारी केनले गोल गरे ।

यो बराबरीसँगै लिग ए ग्रुप ३ मा जर्मनी ६ खेलबाट ७ अंक जोडेर तेस्रो तथा इंग्ल्यान्ड ३ अंक जोडेर पुछारमा रहँदै रेलिगेसनमा परिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *