हंगेरीलाई हराउँदै इटाली फाइनल फोरमा

काठमाडौँ । इटाली युइएफएफ नेसन्स लिगको फाइनल चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै इटाली नेसन्स लिगको फाइनल चरणमा पुगेको हो ।

इटालीको जितमा गिअकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक एक गोल गरेका थिए । यो जितपछि समूह ३ को शीर्ष स्थानमा रहँदै इटाली फाइनल चरणमा पुगेको हो । इटालीको ६ खेलमा ११ अंक रहेको छ ।

त्यस्तै हंगेरी समूहमा ६ खेलमा १० अंक हासिल गर्दै दोश्राे र जर्मनी ६ खेलमा ७ अंक हासिल गर्दै तेस्रो भएका छन् । यस समूहबाट इङल्याण्ड ६ खेलमा ३ अंक हासिल गरेको छ र समूहमा पुछारमा रहेको छ ।

इङल्याण्डले गएराती सम्पन्न खेलमा जर्मनीसँग ३-३ गोलको बराबरी खेलेको थियो । यसअघि क्रोसिया, नेदरल्याण्ड पनि नेसन्स लिगको फाइनल चरणमा पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *