१४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न दलहरूलाई निर्वाचन आयोगको पत्र

काठमाडाैँ । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिकतर्फको बन्द सूची सच्याइसक्न दलहरूलाई आग्रह गरेको छ । आयोग स्रोतकाअनुसार ६ वटा राष्ट्रिय दललाई १३ गते र १४ गते भित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनिएको छ । अन्य दलहरूलाई १६ गते सम्म नै सच्याउन सक्ने भनिएको छ । ठूला दलहरूको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगका एक अधिकारीले जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले असोज २ र ३ गते समानुपाति तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए । असोज १६ गतेसम्म सच्याउन समय दिइएको छ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ ।

यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *