सहकारीलाई उत्पादनसँग जोड्न आग्रह

चितवन । भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले सहकारीलाई उत्पादनसँग जोड्न आग्रह गरेका छन् । ‘चितवन सहकारीको उर्वर भूमि हो,’ नगर उपप्रमुख अधिकारीले भने, ‘अब सहकारीहरू उत्पादनमुखी हुन आवश्यक छ ।’ भरतपुर २१ पार्वतीपुरमा रहेको प्रेरणा बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले भने, ‘कृषि या पशुपालन क्षेत्रमा सहकारीले आफूलाई स्थापित गराउन जरुरी छ, बखान सहकारीको इतिहासलाई आत्मसाथ गर्न पनि चितवनका सहकारीहरू उत्पादनमुखी हुन आवश्यक छ ।’

सहकारीहरूकै माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा समेत ठूला र महत्त्वपूर्ण कामहरू भएको उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमलप्रसाद पौडेलले अध्यक्षको प्रतिवेदन, सचिव हरिहर शर्मा पौडेलले आर्थिक वर्ष २०७८ र ०७९ को प्रगति विवरण एवं २०७९ र ०८० को वार्षिक नीति तथा कार्यक्रम र कोषाध्यक्ष अम्बरबहादुर गुरुङले आर्थिक बर्ष २०७८ र ०७९ को आर्थिक विवरण एवं आर्थिक वर्ष २०७९ र ०८० को अनुमानित आयब्यय विवरण प्रस्तुत गरेका थिए ।

यसैगरी कार्यक्रममा सस्थाको ऋण उप समिति सयोजक सालिक दवाडीले ऋण उप समितिको प्रतिवेदन, शिक्षा उप समितिका संयोजक लोकनाथ घिमिरेले शिक्षा उपसमितिको प्रतिवेदन तथा संस्थाका सदस्य छविन्द्र दवाडीले आर्थिक वर्ष २०७८ र ०७९ को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विजयबाबु घले, ज्येष्ठ नागरिक संघ चितवनका कार्यबाहक अध्यक्ष टीकाराम भन्डारी, संस्थाका शेयर सदस्य सीता घिमिरेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *