पोखराको विन्ध्यावासिनीमा शुरू भयो नवदुर्गा महोत्सव

पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले हरेक वर्ष दशैंका बेला महोत्सव गर्ने गरेको छ । सोमबार मन्दिरवाट नवदुर्गाका नौ रुपको झाँकी, १ सय आठ कलस सहितको नवदुर्गा शोभायात्रा निकालिएको छ ।

शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघसंस्थाहरूको सहभागिता थियो ।

घटस्थापनामा कास्कीको कास्कीकोट दरबारको कालिका मन्दिर, पोखराको फेवाताल बिचमा रहेका तालबाराही मन्दिर, भद्रकालाी मन्दिर, अकला मन्दिर लगायत मन्दिरहरुमा पनि विशेष पूजाका साथ जमरा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *