प्रचण्ड चितवनको नयाँ घरमा सरे

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवनको नयाँ घरमा सरेका छन् ।

भरतपुर १४ स्थित शिवनगरको प्रचण्ड टोलमा बनेको एकतले घरमा प्रचण्ड सरेका हुन्। उनी पत्नी सीता दाहालसहित नयाँ घरमा प्रवेश गरेका थिए । घर बनेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्रमै पर्छ।

प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रचण्ड करिब १० कठ्ठा जमिनमा बनेको घरमा सरेका हुन् । प्रचण्ड काठमाडौँ खुमलटारमा भाडाको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *