आजबाट बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने

२०७९ असोज १० गते

काठमाडौँ । आजबाट बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने भएको छ । सोमबारखि देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमा मात्रै सुनुवाइ हुने भएको हो ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएकाले अन्य रिटमा सुनुवाइ नहुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
यी दिनबाहेक विहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहनेछन्। २४ गतेदेखि भने अदालत नियमित समयमै खुल्ला हुने र नियमित मुद्दाको सुनुवाइ हुनेछ।
घटस्थापना, शनिबार र विजया दशमीका दिन भने कुनै पनि रिटमा सुनुवाइ नहुने बताइएको छ ।

२०७९ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित