दसैँको शुभकामना दिँदै लिङ्देनले भने- ‘देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता धान्न सक्दैन’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता धान्न नसक्ने बताएका छन् । आजबाट शुरु भएको बडादसैँको शुभकामना दिँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

आगामी निर्वाचन एउटा पार्टीको विजय वा पराजयसँग मात्रै सम्बन्धित नभएको उनले उल्लेख गरे । ‘हामी हाम्रा महत्त्वपूर्ण चाडपर्वसँगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहौलमा प्रवेश गरिरहेका छौँ । आगामी निर्वाचन केवल एउटा पार्टीको विजय वा पराजयसँग मात्रै सम्बन्धित छैन,’ उनले भने, ‘यो निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो ।’

देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्ने उनको धारणा छ । ‘हामीले हाम्रा सुनौला डेढ दशक सुधारको आशा र अपेक्षामा गुजार्‍यौंं, अब देश र जनताले अर्को एउटा खराब परिस्थितिको प्रतीक्षा गर्नुहुँदैन,’ अध्यक्ष लिङ्देनले भनेका छन्, ‘जनता जनार्दन निर्णायक हुने निर्वाचनका माध्यमबाट शान्तिपूर्ण परिवर्तन र सकारात्मक रूपान्तरणको फराकिलो राजमार्ग निर्माण गर्नैपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *