बालसखासँग रमाउँदै कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा पछिल्लो समय गृहजिल्ला मकवानपुरमा केन्द्रित छन् । यसक्रममा निर्वाचन क्षेत्रमा सक्रिय भएका थापा टोल-टोलमा घर-घर दौडाहामा छन् । आज हेटौंडामा आफूले बाल्यकालमा अध्ययन गरेको भुटनदेवी विद्यालयका साथीहरू भेटेका छन् । साथीहरूसङ्ग भेटेपछि थापाले पुरानो कुराहरू साटासाट गर्न पाँउदा खुसी लागेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल टुईटरमा लेखेका छन्- जनताको घरदैलोमा राप्रपा नेपाल अभियान जारी छ, आज बिहान मेरा हेटौंडा भूटनदेवी स्कूलका बालसखा कृष्णलाल, नारायण श्रेष्ठ र मोहन बरईसँग भेटेर पुराना दिनको सम्झना साटासाट गर्न पाउँदा साह्रै खुसी लागेको छ । सबैको जय होस् ।’

थापा मकवानपुर क्षेत्र नं. १ बाट उठ्ने तयारीमा रहेको र आन्तरिक तयारीमा जुटिरहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए । उनकाअनुसार आक्रामक रणनीति बनाएर चुनावी मैदानमा जाने वातावरण निर्माण भइसकेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *