सर्वाेच्च अदालतबाट आजै बिदा हुँदै कामु प्रधानन्यायाधीश दीपकुमार कार्की

काठमाडाैँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की उमेर हदका कारण अवकाश हुँदैछन् । उमेर हदका कारण उनले अवकाश लिने भएका हुन् । उनी असोज १६ गते स्वत: अवकाश हुँदै थिए । भाेलिबाट सर्वाेच्च अदालत बन्द हुँदैछ, साेहीकारण उनी आजै अवकाश हुँदैछन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोग लागेर निलम्बनमा परेपछि गत फागुन १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।जबराविरुद्धको महाभियोग समयमै नटुंगिता कार्की कामुबाटै अवकास हुन लागेका हुन् । चोलेद्न शमशेर जबराको महाभियोग यसअघि नै टुंगो लागेको भए उनी केही समयका लागि भए पनि प्रधानन्यायाधीश भएर अवकाश लिन पाउने थिए ।

उनकाे बिदाइकाे कार्यक्रम आज दिउँसाे ३ बजे राखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *