राष्ट्रपतिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरूमा आइतबार सुनुवाइ हुने भएको छ । प्रतिनिध सभा र राष्ट्रिय सभाले दुई/दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरू न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेकाे छ ।

राष्ट्रपति भण्डारीविरुद्ध अदालतमा पाँच वटा मुद्दा परेका छन् । उक्त रिटहरू फुँयालको इजलासको ८औं नम्बर मा राखिएको छ । राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन् ।

ती मुद्दाहरूमा यसअघि शुक्रबार पनि पेशी चढेकाे थियाे, तर हेर्न नभ्याइनेमा परेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *